काठमाण्डौ । मिर्मिरे माइक्रोफाइनान्सले लगानीकर्तालाई करको भार बोकाउने भएको छ । 

आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट यसअघि ३०.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेकोमा राष्टबैंकको निर्देशनपछि करको भार लगानीकर्तालाई नै बोकाउने निर्णय गरेको हो । 

माइक्रोफाइनान्सले मंसिर ६ गतेको बोर्ड बैठकको निर्णय स्वीकृतका लागि राष्टबैंकमा पेश गरिए पनि ग्राहक संरक्षण कोषमा पर्याप्त रकम विनियोजना गरी पुनः विवरण पेश गर्न निर्देशन आएको भन्दै नगद लाभांश सेयरधनीलाई नै बोकाउने निर्णय भएको हो । 

माइक्रोफाइनान्सको मंसिर १९ गते बसेको १२१ औं बोर्ड बैठकले सेयरधनीलाई ३०.८० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र त्यसबापत लाग्ने कर सेयरधनीले नै व्यहोर्नुपर्ने निर्णय गरेको छ । 

यो निर्णय अनुसार अब यो माइक्रोफाइनान्सले ४ करोड ५० लाख बराबरको बोनस सेयर वितरण गर्नेछ भने सो बापत लाग्ने कर भने सेयरधनीले नै व्यहोर्नुपर्नेछ ।