काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि थप सेयर(एफपीओ) निश्कासन गर्ने भएको छ ।

यसका लागि उसले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल)लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

यो लघुवित्तले निकट भविष्यमै ३७ हजार २६० कित्ता एफपीओ निश्कासन गर्ने योजना बनाएको हो । त्यसैका लागि सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्ति लगायतका प्रक्रिया अगाडि बढाएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा मंगलबार आयोजित एक समारोहका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।