काठमाण्डौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलमेन्ट बैंक लिमीटेडले १०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ५ हजार कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

एनआइबिएल एस क्यापिटल यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । यो कम्पनीले यसअघि नै आफ्ना सेयरधनीलाई ३०.८ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस सेयर र त्यसपछि निश्कासन हुने १०० प्रतिशत हकप्रदको समेत व्यवस्थापनपछि चुक्तापूँजी बढेर १० करोड ३८ लाख माथि पुुग्ने छ ।

उता, स्वदेशी लघुवित्त बित्तीय संस्था समेत १०० प्रतिशत नै हकप्रद निश्कासनको स्वीकृतिका लागि धितोपत्र बोर्ड पुुगेको छ । यो कम्पनीले चैत ४ गते बोर्डमा आवेदन दिएको हो । स्वदेशी लघुवित्तले १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता हकप्रद निश्कासनको माग गरेको हो । हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।