काठमाण्डौं । सातौं साधारण सभाको निर्णयबाट मिर्मिरेले आफ्नो नाम र रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेको छ । 

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको नाम परिवर्तन भएर मिर्मिरे लघुवित्त वित्तीय संस्था कायम भएको हो । संघिय संरचना अनुसार मिर्मिरेको रजिष्टर्ड (केन्द्रीय) कार्यालयको ठेगाना पनि परिवर्तन भएर काभ्रपलान्चोक जिल्ला बनेपा वार्ड नं. ८ भएको छ । 

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ मा भएको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुले ‘लघुवित्त वित्तीय संस्था’ नाम प्रयोग गर्नुपर्ने नीतिगत व्यवस्था भए बमोजिम मिर्मिरेले नाम परिवर्तन गरेको हो । 

मिर्मिरेको पहिलेको रजिष्टार्ड (केन्द्रीय) कार्यालयको ठेगाना भने काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वार्ड नं. ४ थियो ।