काठमाण्डौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९अनुष्का श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बीच  ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । 

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई नियुक्त गरिएको बताए । 

सो कार्यक्रममा दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउन सक्ने विश्वास लिएको बताए । सो कार्यक्रममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन ।