काठमाण्डौ । भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुुकेश अम्बानी विश्वका सातौँ धनाढ्य बनेका छन्।

गत शुुक्रबार प्रकाशित फोब्र्सको रियल टाइम बिलिनियर्स श्रेणीअनुसार अम्बानी विश्वका धनाढ्यहरुको सूचीमा सातौँ स्थानमा उक्लिएका हुन्। यसअघि गत अप्रिलमा प्रकाशित यो सूचीमा उनी २१ औँ स्थानमा थिए। 

यही जुलाई १० सम्ममा अम्बानीको कुुल सम्पत्ति ७०.१० अर्ब डलर पुुगेको छ। अम्बानीले वर्बसायर हाथवेका मालिक वारेन बफेट, गुुगलका ल्यारी पेज र सर्गेई ब्रिनलाई पछाडि पारेका हुुन्।

फोब्र्सले प्रकाशन गरेको सूचीका अनुुसार अम्बानी विश्वका शीर्ष १० धनाढ्यमा पर्ने एक्लो भारतीय र एसियाली हुुन्। यतिबेला मुुकेश अम्बानीको सम्पत्ति भारतको नौवटा साना राज्यको जीडीपीबराबर पुुगेको जनाइएको छ। 

अम्बानीको रिलायन्स इन्डस्ट्रिजले सेप्टेम्बर २०१६ मा जियोसँग मिलेर टेलिकम क्षेत्रमा पाइला टेकेको थियो। यसअघि सन् २०१६ मा अम्बानीको कुुल सम्पत्ति १९.३ अर्ब डलर थियो। त्यसपछिका वर्षहरुमा उनको कुुल सम्पत्ति ५० अर्ब डलर बढेको छ। 

गत मार्च महिनादेखि अहिलेसम्म रिलायन्स इन्डस्ट्रिज (आरआईएल) को सेयरमूल्यमा दोब्बर वृद्धि देखिएको छ। मार्च २३ मा आरआइएलको सेयरमूल्य प्रतिकित्ता ८७५.७२ रुपैयाँ रहेको थियो। गत जुलाई १० सम्म सेयरमूल्य बढेर प्रतिकित्ता १८८०.२० पुुगेको छ। 

सेयरमूल्य भएको वृद्धिले अम्बानीको कुुल सम्पत्तिमा राम्रो उछाल देखिएको छ। फोब्र्सका अनुुसार भारतमा यतिबेला ११५ जना अर्बपति रहेका छन्। गत अप्रिल महिनामा यो संख्या १०२ थियो। अर्थात तीन महिनाको अवधिमा भारतमा १३ जना अर्बपति थपिएका छन्। – एजेन्सी