काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौता भएको छ । 

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन  बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकका देशभरका शाखा कार्यालयबाट उपलब्ध हुने बताइएको छ । 

मुक्तिनाथ विकास बैंकले आफ्ना ८३ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।