काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकलि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नोरप्रकाश प्रधानले हस्ताक्षर गरेका थिए । 

सम्झौता भएपश्चात लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लिमीटेडको देशभरका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

सम्झौता कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडका नायव प्रमुखकार्यकारी अधिकृत वि.के. श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लिमीटेडका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र बैंकासुरेन्स विभागप्रमुख राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।