काठमाण्डौ । मुक्तिनाथ बिकास बैंक लिमीटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

बिहीबार एक समारोहकाबीच सम्झौता भएको हो । 

सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंकले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुरर  सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यही चैत्र महिनाभित्र काठमाण्डौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।

सम्झौतामा मुक्तिनाथ बिकास बैंकको तर्फबाट का.बा. प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे ।