काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री’को रेटिङ प्रदान गरेको छ । 

बैंकले रु. ६१ करोड २९ लाख ५२ हजार  २५ कित्ता हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधारहरु जनाउने इक्रा एनपी आइपीओ ग्रेड थ्रीको रेटिङ प्रदान गरेको हो । 

इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ । 

मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको २० प्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने योजना बनाएको छ । 

यो बैंकले जेठ २१ गते १ः०.२ को अनुपात(२० प्रतिशत) हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २९ हजार ५२०.२५ कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमीटेड रहेको छ ।