काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा ग्राण्डी अस्पतालको तर्फबाट बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।

यो सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ग्राण्डी अस्पतालमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथविकास बैंकले देशैभर ११९ वटा शाखा, २५ वटा ए.टि.एममार्फत छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका सेवा दिंदै आएको छ ।