काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमल पोखरीको अगाडि सडकपेटी बाहेकको खालीचौंरमा बनाएको वातावरणमैत्री हरित गार्डेन सोमबार हस्तान्तरण गरेको छ । 

यसका साथै बैंकले १००० थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ । 

सो गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाण्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष  भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

सो हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायवउपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने लगायत स्थानीय नागरिक, समाजसेवी, वुद्धिजीवि तथा प्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । 

मुक्तिनाथ विकास बैंक लिमीटेडले देशैभर ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सातलाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ।