काठमाण्डौ । मुक्तिनाथ विकास बैंकअन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । 

यस अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पूर्ण ग्राहकहरुमध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ । ७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुटुथ स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोवाइल सेट, ७ जनालाई ३२ इञ्चको स्मार्ट एचडी टेलिभिजन, ५ जनालाई २०० लिटरको फ्रिज, ३ जनालाई ल्यापटप, १ जनालाई स्कूटी वितरण गरिनेछ । 

भाग्यशाली विजेताहरुको घोषणा यस बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)बाट २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको फेसबुक पेजमार्फत लाइभ गरिनेछ । बैंकले यस अभियानबाट अत्याधिकविप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ । 

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सातलाखग्राहकहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । 

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमाआवास तथा सेयर कर्जा सञ्चालनमाल्याएको बैंककाप्रमुख सुचनाअधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।