काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर आज बिहीबारदेखि निष्कासन गरेको छ ।

गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०% अर्थात १०:२ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप नयाँ २ कित्ता साधारण सेयर सेयरधनीहरुका लागि निष्कासन गरेको हो ।

बोर्डको अनुमतिपछि मुक्तिनाथ विकास बैंकले रु. १०० अंकित दरका ६१ लाख २९ हजार ५२०.२५ कित्ता सेयर निष्कासन गरेको छ ।

बैंकले हकप्रद सेयर निष्कास बन्द हुने मिति छिटोमा असोज १५ गते तोकेको छ । जसअनुसार सेयरधनीहरुले असोज १५ गते कार्यालय समयभित्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासनको प्रबन्धकमा भिवोर क्यापिटल तोकिएको छ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ । २०% हकप्रद जारी गरेपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने 'ग्रेड ३' रेटिङ दिएको छ।