काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रेमसागर फाउन्डेसन नेपालले धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले जनभोजका लागि एक दिनको लागतखर्च रकम रु ५० हजार सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले फाउण्डेसनका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरेका थिए ।

फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउँदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजाखाजा स्कुलमा पुर्याउँदै आएको छ ।

बैंकले देशैभरि १२० वटा शाखा, २२ वटा एटिएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरि भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।

हालैमात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।