काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु ५ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।

हालैमात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ । बैंकले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्कअन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।