काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको साँवा र ब्याजबराबरको रकम मिनाहा र फिर्ता गरेको छ।

मनमायाका छोरा तथा उनले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त इटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा १ लाख ४३ हजार ७८४ रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताएका छन् ।