काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र कास्कीको पोखरास्थित रुपाकोट रिसोर्टबीच एक सम्झौता भएको छ ।

उक्त सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवासुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको हो । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टको तर्फबाट बिक्री प्रबन्धक पीयूष लामाले हस्ताक्षर गर्नुभएको छ । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा गरिएको छ । 

हालैमात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी गत भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताउनुभयो ।