काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि रु १००,००० (एकलाख रुपैयाँ मात्र)  वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ । 

यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्लाभर रहेका अटीजम (फरक रुपमा सक्षम)भएका बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ । 

चेक मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्ष सरु अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रीत ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।