काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत भदौ ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका–६ मुसहर बस्तीका पीडितहरुलाई सहयोग गरेको छ । 

बैंकले ४२ घरधुरीका पीडितलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो। उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको क्षति भएको छ । बाढीपीडितलाई सहयोग गर्नेमा यस विकास बैंक सबैभन्दा पहिलो संस्था रहेको बैंकले जनाएको छ ।

हालैमात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी गत भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले बताएका छन् ।