काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले २ पदका लागि कर्मचारी मागेको छ । 

टप विकास बैंकले चिफ फाइनान्सियल अफिसर र इन्टरनल अडिट अफिसर पदमा केही कर्मचारी मागेको हो । 

चिफ फाइनान्सियल अफिसर काठमाण्डौस्थित मुख्य कार्यालयका लागि र काठमाण्डौ, पोखरा, नारायणगढ, बुटवल र वीरगञ्जका लाग इन्टरनल अडिट अफिसर मागिएको हो । 

चार्टर्ड एकाउन्टेन्ट वा फाइनान्समा एमबिए उत्तीर्ण गरेको, ५ वर्षको अनुुभव प्राप्त गरेको २८ देखि ३५ वर्ष भित्रको उमेर समूहको व्यक्तिले चिफ फाइनान्सियल अफिसर पदमा आवेदन दिनसक्ने बताइएको छ । 

यस्तै, सिए वा एसीसीए कोर्ष उत्तीर्ण गरी २ वर्षको कार्यानुुभव भएको २५ वर्षदेखि ३५ वर्षभित्रको व्यक्तिले इन्टरनल अडिट अफिसर पदमा आवेदन दिनसक्ने बैंकले जनाएको छ । 

आगामी डिसेम्बर ६ सम्म इच्छुकले आवेदन दिनसक्ने बताइएको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छ: