काठमाण्डौ । अधिकांश सूचकहरुमा देशकै टप विकास बैंक, मुक्तिनाथ विकास बैंकले निश्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने समय अब केही दिन मात्र बाँकी छ । 

यो बैंकले चुक्तापूँजीको २० प्रतिशतको दरले १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरहरु भदौ १२ गतेदेखि निश्कासन गरेको थियो । 

बैंकका सेयरधनीहरुले भदौ १२ देखि निश्कासित हकप्रद खरीदका लागि  असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकले हकप्रद प्रयोजनका लागि साउन ३१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन ३० गतेसम्म कायम सेयरधनीहरुले यो बैंकको हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । 

दोश्रो बजारमा ६ वटा वाणिज्य बैंकको सेयर मूल्य रु. २०० भन्दा कम रहेको र अधिकांश बैंकको सेयर मूल्य रु. ३०० भन्दा कम रहेको अवस्थामा मुक्तिनाथ विकास बैंकको अन्तिम कारोबार मूल्य ३०१ रुपैयाँ रहेको छ ।