काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको अवितरित ४ लाखभन्दा बढी कित्ता हकप्रद सेयर आज आइतबारदेखि लिलामी प्रक्रियाबाट बिक्रीमा राखिएको छ ।

बैंकले गत भदौ १२ गतेदेखि असोज १५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको ४ लाख ३ हजार २२०.२५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री सुरु गरेको हो । जसमा संस्थापक समूहको १ लाख २ हजार ५१६.३२ कित्ता र सर्वसाधारण समूहको ३ लाख ७०३.९३ कित्ता सेयर रहेको छ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन ।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा १०० रुपैयाँमाथि बोलकबोल गर्नुपर्नेछ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।