काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि. को प्रदेश– ५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ । 
सम्झौता अनुसार तुलसीपुर दाङमा रहेको भिङग्रेली भिलेज रिसोर्टमा सम्पूर्ण सेवामा १० प्रतिशत,पार्क फुड क्याफे एण्ड लज प्रा.लिमा पनि १० प्रतिशत सहुलियत बैंकका ग्राहकहरुले पाउने छन् । दाङकै  डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट प्रा.लि.ले सम्पूर्ण सेवामा १०% छुट अनि गुलरीया, बर्दियामा रहेको कृष्णसार रिसोर्ट प्रा.लिले खाना तथा पेय पदार्थमा २०% छुट दिने भएको छ । यसैगरी कोहलपुर, बाँकेमा अवस्थित ग्रीनपिस माध्यमिक विद्मालयको भर्ना शुल्कमा २५% छुट हुुनेछ ।
 
बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको जनाएको छ ।