काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै प्रयोजनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

बैंकको जनकपुर शाखाले चिकित्सक संघ जनकपुरलाई स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामग्री खरिद गर्न ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा संक्रमणको उच्चजोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ। 

यसैगरी बैंकको बुटवल शाखाले रुपन्देहीको सियारी गाउँपालिका–६ बर्दहवास्थित श्री दुर्गादेवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्नवर्गका विद्यार्थीलाई ५० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। त्यसैगरी बैंकको रामापुर कोलोनी शाखाले मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई टोल सफा राख्न डस्टबिन हस्तान्तरण गरेको छ।

उता बैंकको क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति कास्कीलाई आफ्नै भवन निर्माणका लागि  २५ हजार रुपैयाँबराबरको आर्थिक सहयोग गरेको छ। 

बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ। साथै प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचनाअधिकारी तिलबहादुर गुरुङले बताए।