काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।

शर्मा नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिव ३९ वर्ष कार्य गरिसकेका छन्। नेपालमा एक व्यवस्थापनविज्ञका रुपमा परिचित उनी विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताका रुपमा पनि कार्य गर्दै आएका छन्। 

शर्माले लिभरपुल विश्वविद्यालय बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय बेलायतबाट टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन्। 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ। साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ।