काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थालाई मुद्धती निक्षेप संकलनमा कडाई गरेको छ । 

केन्द्रीय बैंकले आइतबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै तीन महिनाभन्दा कम समयावधिको मुद्धती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था गरिएको प्रष्ट्याएको हो । 

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७५ को इ.प्रा. निर्देशन नं १५-०७५ को बुँदा नम्बर १ को उपबुँदा नं.(३) लाई संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

यसैगरी, मुद्धती निक्षेपको समयावधि समाप्त नहुँदै पूर्व निर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्धती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था पनि लागू गरेको छ ।