काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको साताँै बर्ष पूूरा गरी आठौँ बर्ष प्रवेशको अवसर पारेर तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । 

बैंकले दिएको जानकारी अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेसनलाई आर्थिक सहयोग गरिएको हो । 

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्ने धुर्मुस सुन्तली फाउण्डेशनको उच्च सोचको प्रशंसा गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरलाई सोमबार बैंकको बानेश्वरस्थित केन्द्रीय कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।