काठमाण्डौ । प्रभू बैंकले मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङमा थासाङ शाखा कार्यालय र मनाङ जिल्ला, नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानीमा नाशोङ शाखा सोमबारदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङ स्थित बैंकको थासाङ शाखा कार्यालय थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले र मनाङ जिल्लाको नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानी स्थित बैंकको नाशोङ शाखा नाशोङ गाउँपालिका अध्यक्ष चन्द्र घलेले उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा मुस्ताङ र मनाङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।