काठमाण्डौ । भारतको रिलायन्स इण्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी एशियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । 

उनी ४२.१ अर्ब डलर कुल सम्पत्तिको साथमा एशियाकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका हुन् । 

फोब्र्स म्यागजिनका अनुसार उनले चीनका हुुई का यानलाई पछाडि छाड्दै यो उपलब्धि हासिल गरेका हुन् । यानको कुल सम्पत्ति ४०.६ अर्ब डलर रहेको छ । 

अम्बानी एशियाकै सर्वाधिक धनी बन्नुु पछाडिको मुख्य कारण बुधबार चिनियाँ अर्बपति यानको सम्पत्तिमा आएको १.२८ अर्ब डलरको भारी गिरावट नै हो । 

फोब्र्सको रियल टाइम बिलेनियर्सको सूचि अनुसार अम्बानीको कुल व्यक्तिगत सम्पत्तिमा ४६.६ करोड डलरको बढोत्तरी दर्ज गरिएको छ । उनलाई रिलायन्स इण्डस्ट्रिजको सेयर मूल्य बढेको फाइदा प्राप्त भएको हो । कम्पनीको मूल्य बुधबार १.२२ प्रतिशत बढेर प्रतिकित्ता भारु ९५३.३० पुुगेको छ ।