काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्सेले) नेपाल क्रेडिट एण्ड कमर्स बैंंक(एनसीसीबी)को बोनस सेयर पश्चात मूल्य समायोजन गर्न चूक्दा लगानीकर्ताहरुको अलमलिएका छन् । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार एनसीसीबीले नेप्सेलाई प्रपर्ली चिठी नपठाउँदा बोनस सेयरपश्चात मूल्य समायोजन हुन नसकेको जिकिर छ । हामीले यस विषयमा प्रवक्ता पराजुलीलाई बुझ्ने प्रयास गर्दागर्दै नेप्सेले हतार हतारमा कारोबार नै रोकेको छ र हामीले एनसीसीबीको कारोबारका विषयमा ब्रोकरहरुलाई बुझ्दा नेप्सेले हाल कारोबार नै रोकेर बन्द गरिदिएको पुष्टि गरेका छन् ।

गानीकर्ता दीपक दाहाल नेप्सेले आज बूक क्लोजका दिन मूल्य समायोजन नगरी कारोबार सुचारु गर्दा लगानीकर्ताहरुको मनोविज्ञानमा प्रत्यक्ष खेलवाड गर्ने फ्रन्टलाइन रेगुलेटर नेप्से बजार घटाउन उद्दत रहेको आरोप लगाउँछन् । 

एनसीसीबीले गत २०७४/७५बाट १५.८९ प्रतिशत बोनस सेयर लाभांश वितरण गर्न आज साउन २६ गते बूक क्लोज मिति तय गरी यसअघि नै नेप्सेलाई पत्र पठाइएको भएतापनि नेप्सेको चरम लापरवाही र हेल्चेक्र्याईँकै कारण आज यो घटना भएको हो । हुन त नेप्सेले यसअघि पनि सूचीकृत कम्पनीको मूल्य समायोजनका सूचना र तथ्याङ्कमा गम्भीर लापरबाही गर्दै आएको छ । त्यो प्रवृतिले आज पनि निरन्तरता पायो ।

बिहीबारको एनसीसीबीको क्लोजिङ मूल्य प्रतिकित्ता २४२ रुपैयाँ रहेको थियो । मूल्य समायोजन नहुँदा बिहीबारकै क्लोजिङ मूल्यमा आज बुक क्लोजको दिन पनि कारोबार खुली नेगेटिभ सर्किट लागेर मूल्य २१८ रुपैयाँ सीमित बन्न पुगेको देखिएको हो ।