काठमाण्डौ । मेगा बैंक लिमीटेडले आफ्ना खातावालहरुलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सी–आस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरेको छ । 

यो बैंकले मंगलबार एक सूचना प्रकाशित गरी खाताधारीहरुलाई यस्तो आग्रह गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीकृत विद्यूतीय सेवा सम्बन्धी संचालन निर्देशिका–२०७४ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निश्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सीआस्वामार्फत हुनुपर्ने व्यवस्था गरेको छ ।

मेगाले आफ्नो बैंकमा खाता भएका सबै लगानीकर्तालाई नजिकको शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराई सीआस्वा रजिष्ट्रेसन सम्बन्धी व्यवस्था बमोजिम सिआरएन नम्बर लिन समेत आग्रह गरेको हो । 

सीआस्वामा एकपटक दर्ता भइसकेका लगानीकर्ताले मेरो सेयर सेवामार्फत घरमै बसेर इन्टरनेटको माध्यमबाट पनि खरीद आवेदन दिनसक्ने हुँदा अनलाइनमार्फत आवेदन दिन चाहने र बैंकमा डिम्याट खाता भएका लगानीकताहरुलाई समेत मेरो सेयर सेवा लिन आग्रह गरिएको छ ।