काठमाण्डौ । मेगा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

बैंकको पुस ४ गते बसेको संचालक समितिको २३७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा तथा अन्य कोषबाट हाल कायम चुक्तापूँजी १० अर्ब २८ करोड ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख बराबरको नगद लाभांश र १.००२३३ प्रतिशतले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

बैंकको १.००२३३ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्तापूँजी बढेरु १० अर्ब ३९ करोडको हाराहारीमा पुग्नेछ ।