काठमाण्डौ । आवश्यक गणपुरक संख्या नपुुगेको भन्दै स्थगित मेगा बैंकको विशेष साधारणसभा आगामी पुस ४ गते पुनः बोलाइएको छ । 

बैंकले यसअघि मंसिर ४ गते विशेष साधारणसभा बोलाएको थियो । साधारणसभामा गणपुरक संख्या पुुगेको थिएन । यस्तै, टुरिजम विकास बैंकसँगको मर्जरमा सेयर स्वाप अनुपातमा सेयरधनीले तीव्र असन्तुष्टि जनाएका थिए । यही बिषयले विशेष साधारणसभामा हंगामा समेत भएको थियो । 

लामो समयसम्म लगानीकर्ताको लगानी बन्धक बनाएको यो बैंकले मर्जरमा समेत गडबड गर्न खोजेको देखेपछि सेयरधनीहरु विरोधमा उत्रिएका थिए । सेयरधनीको तीव्र विरोध र त्योसँगै गणपुरक संख्या नपुुगेपछि बैंकले मंसिर ४ गतेको विशेष साधारणसभा स्थगन गरेको थियो । 

बैैंकको मंसिर ६ गते बसेको संचालक समितिको २०२ औं बैठकले स्थगित विशेष साधारणसभा पुस ४ गते मंगलबारको दिन आर्मी अफिसर्स क्लब(भद्रकाली, काठमाण्डौ)मा गर्ने निर्णय गरेको हो। 

यो विशेष साधारणसभाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने बताइएको छ ।