काठमाण्डौ । मेगा बैंक लिमीटेड पहिलोपटक अर्ब क्लबमा उक्लिएको छ । बैंकस्थित स्रोतका अनुसार मेगा बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब भन्दा बढी कमाएको वित्तीय विवरण पस्कनेछ । 

टुरिजम डेभलपमेन्ट बैंकलाई आफूमा गाभेसँगै मेगा बैंकको वित्तीय स्वास्थ्यमा सुधार भएको यसपटकको चौथो त्रैमासिक रिपोर्टमा देखिने बैंक स्रोतको भनाई छ । 

मेगा बैंक टुरिजमलाई गाभिसकेपछि चुक्तापूँजीको हिसाबले देशकै दोश्रो ठूलो बैंक बनिसकेको छ ।