काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमीटेड( जिआईसि नेपाल) बीच बैंकासुरेन्स सम्झौता भएको छ । 

बैंक तथा इन्स्योरेन्सबीच बुधवार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

बैंकका कार्यकारी नायव प्रमुख कार्यकारी अधिकृत रबिनादेशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।