काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । 

नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाण्डौमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । 

सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैंकले जनाएको छ । 

काठमाण्डौको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्य सहभागिता थियो । 

यसैगरी, महिला तथा पुरुष दुबैका लागि आयोजना गरिएको आँखा शिविरबाट सयौंंले परामर्श र उपचार पाएका छन् । शिविरमा मेगा बैंकका ग्राहक तथा उनीहरुका परिवारको बढी सहभागिता थियो ।