काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित शाखाको औपचारिक रुपमा उद्घाटन भएको छ ।
ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको ज्वालामुखी शाखाको सो गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरे।
ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै उनले मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए ।
राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै पनि क वर्गको वाणिज्य बैंक पुगेको थिएन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।
बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताए । उनका अनुसार, शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको छ ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्य लिएको छ । योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago