काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा छलाङ मारेको छ। 

समीक्षा अवधिमा बैंकले १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । 

दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा ५२ करोड ४९ लाखमा सीमित थियो । यसरी हेर्दा खूद नाफामा मेगा बैंकले १३१ प्रतिशतको छलाङ मारेको देखिएको छ। 

२०७५ चैत्र मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ, जुन ७४.८८ प्रतिशतको वृद्धि हो । 

त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ जुन ६९.५४ प्रतिशतको वृद्धि हो । 

मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,४०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
(मेगा बैंकको विस्तृत वित्तीय विवरण भोलि पढ्नुहोला )