काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ । 

बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यकासाथ मेगा बैंकले क्यूआर कोड प्रवद्र्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको हो । 

यस योजनाअन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनै पनि बैंकका मोबाइल बैंकिङमार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरी भुक्तानी लिनुपर्नेछ । किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् । 

यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ ।   
 
नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो । यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुने बैंकले जनाएको छ ।