काठमाण्डौ । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई डबल डिजिटको लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

बैंकको मंगलबार नवौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले यस्तो घोषणा गरेकी हुन् । उनले विगतमा आफूहरुले गरेको प्रतिबद्धताअनुसार यो वर्ष आफ्ना सेयरधनीहरुलाई डबल डिजिटको लाभांश वितरण गर्न लागेको बताइन् ।

गत वर्ष मेगा बैंकले न्यून दरको लाभांश वितरण गरेका कारण सेयरधनी रिसाएका थिए । 

यसैबीच मेगा बैंक अधिकांश वित्तीय सूचकमा समकालीन बैंकहरुभन्दा अगाडि बढेको सीआईओ खुञ्जेलीको दाबी छ । बैंकले घोषणा गरेको पञ्चवर्षीय योजनाअनुसार नै उपलब्धिहरू हासिल भएका भन्दै खुञ्जेलीले सबै सहयोगीहरुलाई धन्यवादसमेत ज्ञापन गरेकी थिइन् ।