काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ७३ करोड २० लाख मात्रा नाफा आर्जन गरेको थियो । यसरी हेर्दा बैंकले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा मुनाफामा ३० प्रतिशतको बढोत्तरी गरेको देखिएको छ । 

२०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ, जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । 

त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ, जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो । 

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।