काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले अब खाद्यन्नलगायतका अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन्।

दैनिक उपभोग्य सामग्री घरदैलोमै पुर्याउँदै आएको ‘मेरो किराना डटकम’ ले मेगा बैंकका ग्राहकलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको हो। कोरोनाभाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ। 

यो योजनाअनुसार मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन्। यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकले प्राप्त गर्न सक्नेछन्। 

लकडाउनको यस विषम परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकलाई देशव्यापी एटीएम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवा उपलब्धि गराउँदै आएको छ।