काठमाण्डौ । मेगा बैंकको शाखा सञ्जाल संख्या १०० पुगेको छ । 
 
बैंकले पछिल्लो पटक सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा  नयाँ शाखा विस्तार गरेसँगै शाखा संख्या १०० पुगेको हो । 
 
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरीमा नयाँ शाखा विस्तार गरेको बताइएको छ । 
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले दाबी गरिन् । छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । 
 
‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको बैंकले स्थापनाको आठौं बर्षमा १०० वटा शाखा विस्तार गरेको हो भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । 
 
मेगा बैंकको देशभर १४ एक्सटेन्सन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् ।