काठमाण्डौ । त्रिभुवन विशवविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले २०७३ भदौ २५ र २६ गते लिएको एमबीबीएस र बीडीएस प्रवेश परीक्षामा उत्तीर्ण भएका र अनलाइनमार्फत कलेज छनोट गरी निवेदन दिएका विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिन कलेज सञ्चालकहरु विशेष कोटाको नाममा दोब्बर शुल्क असुल्न व्यस्त पाइएका छन्।

सरकारले तोकेको शुल्कमा भर्ना नगरी केहि मेडिकल कलेजहरुले विशेष कोटामा ६४ लाखसम्म शुल्क तोकेको र विद्यार्थीहरुलाई उक्त शुल्क बुझाउन पनि कलेजमा नभई चोरबाटोबाट अन्यत्रै बोलाइएको विद्यार्थीहरुले गुनासो गरेका छन ।

कलेज सञ्चालकहरुले दुख दिएपछि उनीहरु शिक्षा मन्त्रालय र आईओएममा उजुरी हाल्नसमेत पुगेका छन् । यो खबर आजको समाचारपत्रमा छापिएको छ ।