काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ ।

खासगरी, पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आएको फोर सिजनले हेलिप्याडसहितको अन्तराष्ट्रिय सुविधा–सम्पन्न अस्पतालमा पर्यटकहरुको उपचार गर्ने सम्झौता गरेको हो ।

नेपालका विभिनन स्थानमा पर्यटकमा रुपमा अवलोकन गर्ने स्वदेशी तथा विदेशीहरुको उपचारका लागि नेपाल मेडिसिटलिले उपचार सेवा र आपतकालीन अवस्थामा  सहयोग गर्ने बताएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र फोर सिजनका निर्देशक पंकज प्रधानाङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेका अस्पतालले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

अत्याधुनिक प्रविधि तथा उपकरण  सहितको अस्पतालले सहकार्य गर्न पाएकोमा फोर सिजनका निर्देशकले खुशी व्यक्त गरे । देशैभरका नागरिक सम्म उच्चस्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालले यस सम्झातामार्फत सहुलियत सेवा सहित स्वास्थ्य क्षेत्रमा विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक विजय रिमालले व्यक्त गरे ।