काठमाण्डौ । 'सेयर कारोबार' गर्ने व्यक्तिहरूले अबदेखि मेरो सेयर तथा डिम्याट खाताको शुल्क इसेवाबाटै भुक्तानी गर्नसक्ने भएका छन् । 
 
योसँगै डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । 
 
ग्राहकहरूले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ । इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सकिनेछ । हालसम्म १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी इसेवामा आबद्ध भइसकेका छन् ।
 
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५४ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 
मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका एजेन्ट नेटवर्क तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।