काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलिरहेकै बेला मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मर्जरमा जाने प्रक्रिया सुरु गरेको छ ।

मर्जरमा जानकै लागि मेरो माइक्रोफाइनान्सले मर्जर/प्राप्ति समिति गठन गरेको छ। नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र लिई कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा ध्यानमा राखी मर्जर तथा प्राप्ति प्रयोजनका लागि मेरो माइक्रोफाइनान्सले चार सदस्यीय समिति गठन गरेको हो । 

समितिको संयोजकमा सुमितबाबु खत्री छन् भने सदस्यहरुमा राजा अर्याल र बद्रीप्रसाद पुडासैनी तथा सदस्य सचिवमा रामहरि दाहाल छन् । 

राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यो संस्थाको केन्द्रीय कार्यालय नुवाकोटको विदूरमा रहेको छ ।