काठमाण्डौ । यही असारभित्रै 'मेरो सेयर'को रिन्यू अनलाइन पेमेन्ट गेट्वेबाट भुक्तान गरी गर्न सकिने भएको छ।

'हामी चाडैं नै यही असार मसान्तभित्र मेरो सेयर रिन्यू अटोमेटिक बनाउदै छौं ।' सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बिजशालासँग भने-'हामी परीक्षणको अन्तिम चरणमा छौं, अब छिट्टै मेरो सेयरको रिन्यू अटोमेटिक हुन्छ।' 

सिडिएससीको 'मेरो सेयर' पोर्टलमार्फत हालका लागि अटोमेटिक रिन्यू भएलगत्तै डिम्याट पनि अटोमेटिक रिन्यू बनाउने सिडिएससीको योजना रहेको उनको भनाइ छ।

लगानीकर्ताहरुले अनलाइन पेमेन्ट गेट्वेबाट 'मेरो सेयर' रिन्यूको रकम भुक्तान गरे पनि डीपीहरुबाट रिन्यू नभइरहेको समस्या हिजाआज निकै व्यापक बनिरहेको छ । 

म्यानुअल इन्ट्री र पर्याप्त जानकारी नभएकाले 'मेरो सेयर'को रिन्यूमा ढिलाइ भइरहेको ग्लोबल आइएमइ क्यापिटलका सीइओ पारसमणि ढकाल दाबी गर्छन् ।

'मेरो सेयर'को रिन्यू समयमै नभईरहेको व्यापक गुनासो आएपछि सिडिएससीले सबै डीपीहरुलाई हेल्प डेस्क राख्न र सहजीकरण गर्न निर्देशन नै दिइसकेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेको भनाइ छ । 

यता लगानीकर्ताहरुले भने डीपीहरुलाई इसेवाबाट 'मेरो सेयर' रिन्यू शुल्क ५० रुपैयाँ(५५ रुपैयाँ सेवाशुल्कसहित) २ महिना अघि नै तिर्दा पनि डीपीहरुले रिन्यू नगरेको गुनासो गर्दै आइरहेका छन् ।