काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमीटेडको चालु आर्थिक वर्ष २०७६/७७ मा नाफामा सामान्य वृद्धि भएको छ । 

यो अवधिमा कम्पनीको खूद नाफा १६ करोड २२ लाख भएको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

अघिल्लो वर्ष २४ करोड ८४ लाख रुपैयाँ रहेको संचालन मुनाफा घटेर यो वर्ष १९ करोड १३ लाखमा सीमित भएको छ भने ३८ करोड १० लाखमा सीमित खूद ब्याज आम्दानी भने बढेर ५० करोड ४७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा मेरो माइक्रोफाइनान्सले १ अर्ब ५८ करोड बढी निक्षेप संकलन गरी तथा ३ अर्ब ८४ करोड सापटी लिई ५ अर्ब ८४ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म कम्प्नीले १ अर्ब २१ करोड निक्षेप संकलन गरी तथा २ अर्ब ९७ करोड बढी कर्जा सापटी लिई ४ अर्ब ६६ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीले १९ करोड ११ लाखमा सीमित आफ्नो रिजर्बको आकार बढाएर ३५ करोड ३३ लाखको उचाई चुमाएको छ भने १.२० प्रतिशतमा सीमित खराब कर्जा भने बढेर ३.६५ प्रतिशतको अनुपातमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.५२ गुणा, प्रतिसेयर नेटवर्थ १४१.३२ रुपैयाँ तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४०.९७ रुपैयाँ कायम भएको छ ।